प्रदेश

नवलपरासीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ



नवलपरासी पूर्व, १७ मंसिर। आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका १० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६