अर्थ-वाणिज्य

एमालेको ‘संकल्प यात्रा’ मंसिर २०मा गुल्मी पुग्ने, सभालाइ अध्यक्ष ओलीले सम्बोधन गर्ने



गुल्मी १८मंसिर । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बैतडीको झुलाघाट देखि पाँचथरको चिवा भन्ज्याङसम्मको यात्राको कार्यक्रमको सिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने विशाल सभामा सम्बोधन गर्न आउने भएका हुन् ।नेकपा एमाले गुल्मीले आइतबार तम्घासमा भएको तयारी र पार्टीले गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले विशाल सभाको तयारीस्वरुप सबै पालिकामा नेता कार्यकर्ता हरुलाई उपस्थित हुन निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको बताए ।सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघीय सांसद सूर्य थापाले पार्टीले सञ्चालन गरेको समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताए ।यात्राले पार्टी र जनतामा थप ऊर्जा ल्याएको भन्दै एमाले गुल्मी इन्चार्जसमेत रहेका थापाले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्मको यात्रामा जनताका गुनासा, सल्लाह सुझावले पार्टीलाई थप बलियो बनाउने दाबी गरे ।

‘यात्रा मध्यपहाडी लोकमार्गको अडिटिङ पनि हो’, उनले भने, ‘एमाले जनताका सुखदुःखमा साथमा रहेको विषय जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खटिएको स्वंयसेवकको टोलीले समेत पुष्टि गरेको छ ।’

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६