प्रदेश

लागुऔषध सहित बाणगंगा बाट १ जना पक्राउ



कपिलवस्तु, १८ मंसिर । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ वर्षीय अमित बि.क. लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनु भएको छ ।

हिजो १७ गते वडा नम्बर २ कप्टैया स्थित लखनचोक मेचकुरी सडकखण्डको सडक किनारामा बसिरहेको अवस्थामा प्रहररि निरिक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको ५ जनाको टोलिले चेक जाँच गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने १ ग्राम ६१९ मिलिग्राम धुलो पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कानून वमोजिम पक्राउ गरी थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६