खोज–अनुसन्धान

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित



रूपन्देही १८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।‘निर्वाचनमा हामी आफैं लड्ने हो, तालमेल गर्ने छैनौं’, पहिलो सम्मेलनपछि बुटलवमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’मुलुक संघीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको कांग्रेस लुम्बिनीको निष्कर्ष छ । संघीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड छ ।
‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ’, प्रदेशस सभापति पुनले भने ।उनका अनुसार सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।सबै सरकार भद्रगोल देखिएको निष्कर्ष निकाल्दै सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने निष्कर्ष निकालेको सभापति पुनले जानकारी दिए ।उनले विज्ञताका आधारमा सरकारमा जाने व्यक्ति चयन हुनुपर्ने बताए । अहिले भएको मन्त्रिपरिषद्को आकार पनि घटाउनुपर्ने उनको भनाइ छ
राजनीतिक पार्टीहरूले जनताका आधारभूत आवश्यकताबारे नसोच्दा प्राप्त उपलब्धिविरुद्ध आवाज उठ्न थालेको भन्दै उनले भने, ‘अहिले उठेका आवाजलाई राजनीतिक पार्टीहरूले नजरअन्दाज गर्न हुँदैन । परिवर्तनका एजेण्डा रक्षा गर्न कमी कमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्छ । यसका लागि परिवर्तनकारी शक्तिहरू एक हुनु आवश्यक छ ।’पार्टीका तहगत आधारमा सरकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण र समन्वय तथा मूल्याङ्कन गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६