ब्रेकिंग न्युज

घरघरमा शुद्ध खानेपानी दिन नसके सरकारले अरु के दिन सक्छ ? : नेपाल



सीता बेल्बासे
कपिलवस्तु २०मंसिर।स्वच्छ खानेपानी उपभोक्ताको घर घरमा पुराउन तिनै तहका सरकारको आफनो ध्यान जना जरुरी रहेको लुम्बिनी प्रदेशका पुर्वराज्यमन्त्री रिना नेपालले बताउनु भएको छ । उहाले घरघरमा शुद्ध खानेपानी दिननसके सरकारले अरु के दिन सक्छ? भन्ने प्रश्न समेत गर्नु भयो ।वाणगंगा र गजेहडा भु.पू सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समितीको नवौँ वार्षिक साधरण सभामा बोल्दै यस्तो बताउनु भएको हो । लुम्बिनी प्रदेशका पुर्व पर्यटन, ग्रामिण तथा शहरी बिकास राज्यमन्त्री नेपालले आफनो पालाको सरकारमा हुदा वाणगंगा र गजेहडा भु.पू सैनिक खानेपानीको लागि बजेट उपलब्ध गराएको बताउनु भयो । साथै स्वच्छ खानेपानि आम नागरीकको लागि अनिवार्य रहेको बताउनु भयो ।
संघिय खानेपानी तथा ढल निकास आयोजना बुटवलका प्रमुख बिनोद भुजेलले शुद्ध खानेपानी सबै नागरीकको घरमा पुराउने सरकारको काम भएकोे बताउनु भयो । खानेपानीलाई नेपालभरि नै कम महत्व दिइरहेको समयमा खानेपानी महासंघले नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराएको भन्दै प्रसंशा गर्नुभयो । यसमा उपभोक्ता स्वयंले आफै गरेकोमा गर्वको कुरा भएको बताउनु भयो ।खानेपानी संस्थान तौलिहवाका प्रमुख दिनेश प्रसाद शाह, खानेपानी महासंघकी केन्द्रिय सदस्य कमला न्यौपाने, पानि सुरक्षा समितीका कृष्ण घिमिरे,वडा सदस्य लक्ष्मि बहादुर खत्री ,समितिका सल्लाहकार तथा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाइ, मनकामना गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष रविराज ज्ञवाली लगायतले बोल्दै शुद्ध खानेपानिको महत्व सबैले बुझनु पर्ने बताउनु भयो । समारोहमा
वर्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष राजेन्द्र विक्रम साहले भू.पू. सैनिक खानेपानीले उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गर्दै लगभग २६ सय घरधुरीलाई सुरक्षित खानेपानी वितरण गरेको बताउनुभयो । संस्थाको आगामी योजना सचिव कृष्ण बहादुर शाहि,आर्थिक प्रतिवेदन कोषाध्यक्ष राममाया राना, लेखापरीक्षण प्रतिवेदन लेखा संयोजक कमल पौडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपभोक्ता ,बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तव्य भएको थियो ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६