अन्तर्राष्ट्रिय

रुपकको मृत्यूले मन्द्रेली टोलमा सन्नाटा : एक महिनाको तवल पनि घर पठाउन पाएनन्



कपिलवस्तु २१ मंसिर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर– १ मन्द्रेलीटोलका मानबहादुर कार्की र लक्ष्मी कार्कीका २४ वर्षीय एक मात्र छोरा रूपक कार्की ‘अध्ययन र रोजगारीका लागि रुस गएका थिए ।रूपककी दिदी सरलाको चार वर्षअघि नै विवाह भइसकेपछि र रूपक पनि रुस गएपछि कार्की परिवार सधै उनको खबर के होला भनेर बसिरहेका हुन्थे ।उमेरले ५५ कटेका मानबहादुरको परिवारमा छोराको अध्ययनका लागि रुस पठाउन लाग्ने करिब १२ लाख रकमको व्यवस्था गर्ने आँट पनि थिएन तर आफ्नो र छोराको भविष्यका लागि २०७९ असार पहिलो साता ऋण धन गरेर पठाएका थिए ।कार्की परिवारको भरोसा रहेका उनै रूपकको केही समय केही दिनअघि मृत्युको खबरले परिवारको सबै भविष्य अन्धकारजस्तै बनेको छ ।
०७९ असारमा रुस पुगेका रूपक ६ महिनाअघि रुसी सेनामा भर्ती भएको खबर आयो । रूपकले आफू रुसी सेनामा भर्ती भएको सूचना दिएपछि बुवा आमाको मन आत्तिन थालेको थियो ।छोरा रुस गएपछि उनीहरूले रुस र युक्रेनको युद्ध भइरहेको समाचार सुनिरहेका थिए । परिवारमा रूपकले गत असारमा घरमा फोन गरेर अब युद्ध भइरहेको क्षेत्रमा जाँदै छु, ६ महिना फोन गर्न पाइँदैन, नआत्तिनुहोला भनेका रहेछन् ।छोराले दिएको ६ महिनाको समय सीमा कुर्न बुवा आमाहरूलाई निकै गाह्रो भयो । फोन वा कुनै खालको सम्पर्क थिएन । परिवारका सदस्यहरू आत्तिन थालेपछि रूपकका आफन्त (फुपूका छोरा) करण रायमाझीले एक महिनाअघि खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिए ।उनले एक महिनाको तलव पनि घरमा पठाउन पाएनन्
तर सोमवार सरकारले रुस–युक्रेन युद्धका क्रममा रूपकसमेत मृत्यु भएको नाम सार्वजनिक गरेपछि परिवारका सदस्यहरू रूपकका बुवा आमालाई कसरी सुनाउने भनेर त्रासमा परे । सरकारी सूचनाबाट घटना विवरण पाएका आफन्तहरू कसैले यो कुरा रूपकका बुवाआमालाई भन्ने हिम्मत गरेका थिएनन् ।सोही क्रममा प्रदेश क्षृत्र १ का संसद विष्णु पन्थी परिवारालाई भेट्न पुगे ।
वाणगंगा नगरपालिका वडा नं १ का वडाध्यक्ष सञ्जुकुमार सारु मगरले रूपकको मृत्यु भएको भनेर वडामा इमेल आएपछि आफन्तलाई जानकारी दिइएको बताए । रूपकका फुपाजु नेत्र रायमाझीले यो खबरले आफूलाई अत्यास लागेको मात्रै छैन बुवाआमालाई यो सूचना कसरी सुनाउने भन्ने हिम्मत आएको थिएन भन्दै जनप्रतिनिधी मार्फत नै खवर पुगेको वताए ।‘यो खबरले अहिले गाउँभर सन्नाटा छाएको छ । सांसद पन्थी र ‘वडाध्यक्ष मगरले सरकारले रूपकको शव ल्याउन पहल गर्नुपर्ने बताए ।स्थानीयका अनुसार रूपकसँगै अन्य चारजना पनि सँगै रुस गएका थिए । दुईजना वाणगंगाकै र एकजना अर्घाखाँचीका हुन् । घाइते भएका उनीहरूलाई रुसी सेनाले उपचारपछि फेरि युद्धग्रस्त क्षेत्रमा पठाएको छ ।
रुसी सरकारले अहिले त्यहाँ पढ्न र अन्य रोजगारीको सिलसिलामा पुगेकाहरूलाई १ वर्ष सेनाको तालिम दिएर युद्धमा काम गरेपछि रुसको नागरिक बनाउने बताएको छ ।
पाल्पा मुझुङ्गबाट २०४८ सालमा बसाई सरेर कपिलवस्तु बाणगंगा १ मन्द्रेली टोलमा आएका मानबहादुर र लक्ष्मी कार्कीको एकमात्र छोरा रूपक १२ लाख खर्च गरेर काठमाडौँ बागबजारको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा रुस गएको र होटेलमा काम गर्दै गरेको र यही जेठमा मात्र रुसी सेनामा भर्ना भएर १ महिना तालिम पछि युक्रेन लडाइँमा गएको पन्थी बताउँछन् ।रूपकसँगै गएर रुसी सेनामा भर्ती भएका सोही ठाउँका यमराज पौडेल क्षेत्रीले अहिले परिवारलाई यसको सूचना प्रवाह गरिरहेका छन् । सांसद पन्थीले पौडेलसँग सहकार्य गरेर रूपकको शव ल्याउने विषयमा पहल भइरहेको बताए ।उनले कार्की परिवार छोराको बेखबरले गएको दशैं तिहार चाडपर्वदेखि नै छटपटिएको बताउँछन् ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६