अर्थ-वाणिज्य

आर्थिक विचलन र दुर्व्यवहारमा रास्वपा नेताहरू जोडिए : अनुशासन आयोग



कपिलवस्तु २२ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार नसकिँदै आर्थिक विचलन र दुर्व्यवहारमा नेताहरू जोडिएको पुष्टि भएको छ।पार्टी सदस्यहरूको अनुशासन र आचरणलाई सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरी परेका उजुरीहरू टुंगोमा पुर्‍याउन गठन गरिएको अनुशासन आयोगले नेताहरूमा विचलन देखिएको निष्कर्ष प्रस्तुत गरी प्रतिवेदन बुझाएको छ।
यद्यपि, कुन घटनामा कोको जोडिएका छन् भन्ने प्रतिवेदनमा खुलाइएको छैन। अनुशासन आयोगले परेका उजुरीमध्ये झण्डै ६० वटाको टुंगो लगाएको जनाएको छ। रास्वपा गत वर्षको असार ७ गते गठन भएको पार्टी हो।२०७९ मंसिर ४ को चुनावमा २० सिट जितेपछि रास्वपामा प्रवेश गर्ने र विभिन्न तहका नेतृत्वमा पुग्न चाहनेको संख्या बढेको छ। यहीबेला आर्थिक र शारीरिक शोषणका घटनासम्बन्धी उजुरी पनि पार्टीमा दर्ता भएका छन्।

रास्वपाको अनुशासन तथा आचरण आयोग डा भरतमणि देवकोटाको नेतृत्वमा २०७९ माघ ८ गते गठन भएको थियो। जसमा सदस्यहरू रमाकान्त रिजाल, यज्ञमणि न्यौपाने र रामहरि सुवेदी थिए। पछि न्यौपानेलाई उपप्रमुख र रिजाललाई सचिव तोकियो। २०८० साउन १८ गते बसेको केन्द्रीय समिति बैठकपछि यसले पूर्णता पाएको हो।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्यमन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएको थियो। पार्टीको वेबसाइटमा केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम यथावत् छ। यसबारे थापाले भने, ‘राजीनामा होइन, मुद्दाको फैसला नभएसम्म निष्क्रिय रहेको छु, जिम्मेवारीमा रहन्न भनेको छु।’

‘ढाकालाई रकम माग्न भनेको कहीँ कतैबाट पुष्टि र प्रमाणित भएन,’ अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले भने, ‘स्वतन्त्र रूपमा उहाँमाथिका आरोप पुष्टि नभएपछि नियमित काममा फर्कन पत्राचार गरेका छौँ।’

न्यौपानेले अगाडि थपे, ‘अनुसन्धानलाई सहयोग गर्न सक्रिय नरहने घोषणा मात्र गर्नुभएको थियो। यदि कहीँ कतैबाट पुष्टि हुन्छ भने फेरि उहाँमाथिको कारवाही अघि बढ्छ।’यसबाहेक नेताबाटै दुर्व्यवहार भएको भनी एक नेतृले दिएको उजुरीमाथि पनि अनुशासन आयोगले छानबिन गरेको छ। त्यसमा पनि कस्तो खालको दुर्व्यवहार हो, प्रस्ट खुलाइएको छैन।

‘केही उजुरीहरू विविध प्रकृतिका दुर्व्यवहारसँग सम्बन्धित रहेका थिए,’ प्रतिवेदनमा यत्ति भनिएको छ।उपप्रमुख न्यौपानेले यौन हिंसाबारे उजुरी परेको जानकारी नभएको बताए।रकम लेनदेनसँग सम्बन्धित उजुरी मात्र परेको उनको भनाइ छ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६