खोज–अनुसन्धान

एमालेको संकल्प यात्रामा प्रसाई समुहले अवरोध नगर्ने : पहिचानवादी प्रति सुरक्षा निगरानी



कपिलवस्तु २३ मंसिर । नेकपा एमालेको महाकाली–मेची अभियानमा दुर्गा प्रसाईं नेतृत्वको समूहले कुनै अवरोध नगर्ने भएको छ।प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले एमालेलाई आफ्नो पूर्वनिर्धारित कार्यक्रम गर्न कुनै अवरोध वा हस्तक्षेपजन्य गतिविधि नगर्ने नीति लिएको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले नेपालखबरलाई जानकारी दिए।मंसिर ७ गते प्रसाईं समूहको काठमाडौँको प्रदर्शनमा एमाले नेता महेश बस्नेत नेतृत्वको समूहले अवरोध गर्न खोजेको थियो।सुरक्षा निकायले पूर्वी क्षेत्रमा एमालेको कार्यक्रममा प्रसाईं समूहले ‘डिस्टर्ब’ गर्न सक्ने र त्यसले तनावको सम्भावना बढ्ने आकलन गरिरहेका छन्।कार्की भन्छन्, ‘एमालेको अभियानमा कुनै हस्तक्षेप नगर्ने नीति लिएका छौँ। हाम्रो आफ्नै कार्यक्रम छ। त्यसमा अवरोध भए प्रतिरक्षामा उत्रिन्छौँ।’प्रसाईंको अभियानले मंसिर २७ सम्म सबै जिल्लामा भेला सम्पन्न गर्ने र ३० गते नागरिक–सरकार समन्वय समिति घोषणा गर्ने कार्यक्रम तय गरेको छ।

एमालेले मंसिर १४ गते सुदूरपश्चिम बैतडीको झुलाघाटबाट सुरु गरेको महाकाली–मेची यात्रा कर्णाली, लुम्बिनी हुँदै गण्डकी प्रदेश आइपुगेको छ।अब बागमती, मधेस हुँदै कोशी प्रदेशतर्फ अघि बढ्नेछ।कोशीमा पहिचान पक्षधरदेखि प्रसाईं पक्षधरसम्म सक्रिय छन्। पहिचान पक्षधरले एमालेको कार्यक्रमसँग जुधाएर तनाव सिर्जना गर्न खोजिरहेको सुरक्षा संयन्त्रको विश्लेषण छ। त्यस्तै विभिन्न धार्मिक समूहबीच पनि तनावको वातावरण यथावत् छ। त्यसैले एमाले यात्रा पूर्वतिर अघि बढिरहँदा बहुपक्षीय द्वन्द्वको जोखिमबारे सुरक्षा परिषदमा पनि विश्लेषण भइरहेको छ।केही समयअघि झापामा एमालेका महेश बस्नेत र ताप्लेजुङमा योगेश भट्टराईमाथि पहिचान पक्षधरहरूले आक्रमण गरेका थिए।उनीमाथि कुनै राजनीतिक कार्यक्रम वा मुठभेडमा आक्रमण भएको थिएन।कार्यक्रम सकेर वास बसिरहेको ठाउँमा आएर भएको आक्रमण कुनै राजनीतिक खालको नभई आपराधिक प्रकृतिको भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने ‘रिपोर्टिङ’ सुरक्षा निकायहरूले सिंहदरबारलाई गरेका छन्

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६