प्रदेश

माउण्ट एभरेष्टको ३० औं वार्षिक साधारण सभा




कपिलवस्तु, मंसिर २३ ।


सामाजिक रुपान्तरणको अभियानमा चार दशकको यात्रा शुभारम्भ गरेको माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ३० औं वार्षिक साधारण सभामा संस्थामा अध्यक्ष सरोज खनालले प्रस्तुत गर्नु भएको संस्थाको आगामी नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो । अध्यक्ष खनालद्धारा प्रस्तुत आगामी नीति तथा कार्यक्रमले आन्तरिक श्रोत परिचालनका साथै स्थानिय तहसंगको साझेदारीमा जोड दिनुका साथै श्रृजनात्मक कार्यलाई जोड दिएको छ । सभामा संस्थाकासचिव प्रकाश भुसालद्धारा प्रस्तुत संस्थागत प्रगती प्रतिवेद र कोषाध्यक्ष लालमणी बेल्बासेद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले सर्वसम्मतले पारित गरेको छ । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को सभाहल कोपवामा सम्पन्न ३० औं वार्षिक साधारण सभा अध्यक्ष सरोज खनालको अध्यक्षता र सचिव प्रकाश भुसालको संचालनमा सम्पन्न भएको संस्थाका पूर्व अध्यक्ष लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


३० औं वार्षिक सभाबाट अध्यक्षको जिम्मेवारी भट्टराईलाई


माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको शुक्रबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट आगामी १ वर्षका लागि अध्यक्षको जिम्मेवारी खेमराज भट्टराईलाई प्रदान गरेको छ । अध्यक्ष खरोज खनाल लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भए पश्चात भट्टराईलाई अध्यक्षको जिम्मेवारी साधारण सभाले प्रदान गरेको संस्थाका पूर्व अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनु भयो ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६