अर्थ-वाणिज्य

सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह



विराटनगर २३ मंसिर। नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ ।एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्कल्प यात्रा पहिचानवादी लक्षित नभएको भन्दै बन्द हडताल फिर्ता गर्न एमालेले आग्रह गरेको छ । सङ्कल्प यात्रा मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दै छ ।कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।
इन्चार्ज महासेठले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे ।उनले भने ‘ पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला । राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेको र चिवाभञ्ज्याङ पुगेरै टुङ्गिन्छ ।’राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल हुँदैन ।एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रित गर्न आग्रह गरे ।उनले भने, ‘दबाब मूलक आन्दोलन गर्ने भए कोशी प्रदेशमा सभामा केन्द्रित गर्न अनुरोध छ । एमालेको १८७९ को यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन । समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताए ।संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ ।’असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहीन हुने अवस्थामा पुग्ने नेता राईको दाबी छ ।मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रीय अभियान आगामी मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम रहेको छ ।मंसिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।उनकाअनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको वसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ ।अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६