देश

लुक्ला उडेको तारा एयरको जहाजको झ्यालको सिसा खस्यो



काठमाडौँ, २४ मंसिर । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन झ्यालको सिसा खसेको छ। उक्त जहाज काठमाडौँबाट ९ बजेर ३१ मिनेटमा लुक्लातर्फ उडेको थियो।

काठमाडौँबाट लुक्लातर्फ उडेको जहाज अवतरण भइसक्दा आपतकालीन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। यद्यपि विमान सहज तरिकाले अवतरण भएको थियो।

जहाजको सिसा बाटैमा खसेको आशंका गरिए पनि यसबारे अवतरणअगाडि कसैलाई थाहा नभएको पनि कार्यालयले जानकारी दिएको छ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६