खोज–अनुसन्धान

स्थानीय सरकार मानव अधिकार प्रति गैरजिम्मेवार : अध्यक्ष ठाकुर



कपिलवस्तु २४ मंसिर । मधेस मानव अधिकार गृह (माहुरी होम ) कपिलवस्तुका अध्यक्ष रवि ठाकुरले नेपाल सरकारले मानव अधिकार सम्वन्धि विभिन्न सन्धि महासन्धी अनुमोदन गरेको संविधानमा पनि शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखेको तर जनताले अधिकार नपाएको वताउनु भयो । उहाले जनतालाई अधिकार प्रत्याभूत गर्नु पर्ने स्थानीय सरकार गैर जिम्मेवार बनेको वताउनु भएकोछ । ठाकुरले नगर तथा गाउपालिकाहरु आफ्ना नीति र कार्यक्रम बनाउदा देखि कार्यान्वयन गर्दा सम्मा मानव अधिकारका सवालमा ध्यान दिन नसक्दा जनताले मानव अधिकारको प्रत्याभूती नपाएको वताउनु भयो ।
मानव अधिकार संरक्षण प्रबर्धन क्षेत्रमा माहुरी होमले गरेका कार्यको मूल्यांकन गरेर यसपाली नेपाल सरकारवाट राष्ट्रिय मानव अधिकार पुरस्कार माहुरी होमलाई दिने निर्णय भएको भन्दै त्यसकालागि संघिय सरकारलाई उहाले धन्यवाद दिनु भयो । सरकारको यो कामले हामी अझै थप उत्साहीत र उर्जाशिल भएका छौं उहाले भन्नु भयो
माहुरी होम कपिलवस्तुले मानव अधिकारको क्षेत्रमा धेरै काम गरेको उहाले वताउनु भयो । न्यानो लुगा अभियान अन्तर्गत लोपोन्मुख नटुवा जाती लक्षित नयाँ लुगा र न्यानो लुगा बितरण गरेको वताउनु भयो । यस्तै विपन्नको आर्थिक सशक्तिकरण मार्फत लैङ्गिक हिंसा न्यूनिकरणको लागि खुद्रा तथा किराना सामग्रीहरु वितरण समेत हरेक वर्ष गर्ने गरेको ठाकुरले वताउनु भयो । युकेएडको सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अर्लटसंगको साझेदारीमा संचालित सहज परियोजना अन्तरगत उविभिन्न कामहरु गर्दै आएको छ ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६