खोज–अनुसन्धान

बुद्ध रंगशाला आज चर्चित गायक खेम सेञ्चुरीसँगै अरु को को कलाकार आउदै छन ?



कपिलवस्तु २५ मंसिर ।बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले बुद्धरंगशाला प्रत्येक दिन ताँितदै गएको छ । आगामी पुष १ गतेसम्म सञ्चालन हुने महोत्सवको आज पाँचौ दिन सोमबार चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव सचिवालयले जनाएको छ । महोत्सवमा सेञ्चुरीसँगै स्थानीय कलाकार र १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहने छ ।आज महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल आउने भनिएता पनि विशेष कारणवस मल्लको प्रस्तुती नरहने भएको छ ।
आइतबार महोत्सवको चौथो दिन चर्चित गायिका अस्मिता अधिकारी लगायतका कलाकारको बेजोड प्रस्तुति रहेसँगै बुद्धरंगशाला तातेको थियो । आईतबार अधिकारीसंगै चर्चित लोक दोहोरी गायक श्याम राना, हास्य तथा लोकदोहोरि गायक उज्वल गिरी, वर्षा थापा लगायत स्थानिय कलाकारहरुसँगै दर्शकहरु झुमेका थिए ।

महोत्सवलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न उद्घाटन पछिका दिनहरुमा प्रत्येक दिन कपिलवस्तु जिल्लाको सामाजिक तथा राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई महोत्सवमा प्रमुख अतिथि बनाइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले सोही कार्यलाई निरन्तरता दिँदै आज सोमबार जिल्लाको सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान गरेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता कपिलवस्तु जिल्ला अध्यक्ष डम्बर शर्मा प्रमुख अतिथिको रुपमा आउने जानकारी दिए ।

यसैबीच १४ औँ कपिलवस्तु महोत्सवको चौथो दिन अर्थात आईतबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले आइतबार ४ हजार बढीले मेला अवलोकन गरेको करिब ७ लाखको आर्थिक कारोबार भएको जानकारी दिए । उनले हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे ।यस्तै आईतबार आज १२ औं कपिलवस्तु डान्स आईडलमा २ जना बाहिरिएका छन् । १३ जना प्रतिस्पर्धी मध्ये अल्का नेपाली र अन्जु परियार बाहिरिएका डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेीले बताए ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता गरे ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६