कपिलवस्तु २५ मंसिर । कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ । देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो ।विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ फेला पारेर पिपरा अस्पताल पु¥याएपछी प्रहरीलाई खबर गरिएको जनाईएको छ ।अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछी शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । बच्चाको अहिले प्रादेशिक अस्पताल बुटवलमा थप उपचार भैरहेको छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।
२५ मंसिर २०८०, सोमबार








प्रतिक्रिया