कपिलवस्तु २६ मंसिर । १४ औ कपिलवस्तु महोत्सवको माहोल तातिदै जादा आज मंगलबार चर्चित गायिका शान्तिश्री परियार र रचना रिमालको प्रस्तुति हुने बाणगंगा वेलफेयर सोसाइटीका मिडिया संयोजक कृश्न पौडेलले जानकारी दिनु भयो ।वेल्फेयरको र्आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले बाणगंगाको बुद्धरंगशाला झनपछि झन तातिदै गएको छ ।
आगामी पुष १ गतेसम्म सञ्चालन हुने महोत्सवको छैठौं दिन २६ गते मंगलबार चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायत स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।
सोमबार पाँचौ दिन चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको र १२ औं कपिलवस्तु डान्स आइडल प्रतियोगीहरुको बेजोड प्रस्तुती रहेको थियो ।
यसैबीच १४ औँ कपिलवस्तु महोत्सवको पाँचौ दिन अर्थात सोमबार ४ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा १० लाख बढीको आर्थिक कारोबार भएको जानकारी दिए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ पाएको बताए ।
यस्तै सोमबार १२ औं कपिलवस्तु डान्स आईडलमा २ जना बाहिरिएका छन् । ११ जना प्रतिस्पर्धी मध्ये संझना बिक र सन्ध्या खनाल बाहिरिएको डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए । सोमबारसम्म डान्स आइडलमा टप १३ मा परेका प्रतिष्पर्धी मध्ये ४ जना बाहिरी सकेका छन् ।
१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता गरे ।
प्रतिक्रिया