कृषि

एमालेको संकल्प यात्रा कोशीका बस्ती बस्तीमा – ओखलढुंगाको टोक्सेल हर्कपुरमा ओइरिए हजारौं



विराटनगर २६ मंसिर । झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन अध्यक्ष केपी ओली नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेको छ ।रामेछापको मन्थलीबाट बिहान हिँडेको ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै कोशी प्रदेश आइपुगेको हो । पुस २ गते कोशीकै पाँचथरको चिवाभन्ज्याङ पुगेर अभियानको समापन गरिनेछ
अहिले ओखलढुंगा टोक्सेल हर्कपुरमा आमसभा भइरहेको छ । शीर्ष नेताको स्वागतका लागि कोशीका अध्यक्ष घनश्याम खतिवडा, इन्चार्ज रघुवीर महासेठ, पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई, हिक्मत कार्कीलगायत बहादुरे खोला पुल पुगेका थिए ।
कार्यक्रमस्थल हर्कपुरमा उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता, समर्थक र स्थानीय गरी हजारौं ओइरिएका छन् । एमालेको अभियानलाई अवरोध गर्नेगरी पहिचानवादीले घोषणा गरेको आन्दोलनई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ओखलढुंगाको हर्कपुरमा सभा गरेर आजै संकल्प यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्ने तालिका छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६