कपिलवस्तु २६ मंसिर ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट गैर आवासिय नागरिकताको प्रमाण पत्र दिन सुरु गरिएको छ । मंगलवार पहिलो पटक गैर आवासिय नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाली नागरिकता त्यागेर १३ बर्ष देखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका– २ का नितेश श्रेष्ठलाई गैर आवासिय नागरिकताको प्रदान गरिएको हो । नेपाली नागरिकता – पहिलो संशोधन ऐन २०६९ अनुसार श्रेष्ठलाई गैर आवासिय नागरिकताको प्रमाण प्रदान गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए । श्रेष्ठले गत मंसिर १८ गते नेपाली नागरिकताको प्रमाण पत्र त्यागेर गैर आवासिय नागरिकतको प्रमाण पत्र लिने प्रकृया सुरु गरेका थिए।
साविकको नागरिकताको प्रमाण पत्र वा त्यागेका प्रमाण पत्र, बिदेशी नागरिकताको प्रमाण पत्रको निस्सा सहीत प्रशासन कार्यालयमा आवदेन दिनु पर्छ । सोही आधारमा आवश्यक प्रकृया पुरा गरे पछि गैर आवासिय नागरिकालई नागरिकता दिन सकिनेछ । ऐनको दफा ७ ( क ) अनुसार गैर आवासिय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ । नागरिका पाउनेले नेपालको संबिधान र कानुनको परिपालना गर्ने लिखित प्रतिबद्धता समेत गर्नु पर्ने प्रावधान छ । प्रजिअ आचार्यले श्रेष्ठलाई नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । उनले प्रकृया पुरा गरेर अब गैर आवसिय नागरिकताको प्रमाण पत्र कपिलवस्तुबाट पाउने बताए । गैर आवासियक नागगरिकताको प्रमाण पत्र पाउने आफु जिल्लाबाटै पहिलो ब्यक्ति भएकोमा श्रेष्ठले गर्भ र खुशी ब्यक्त गरे । आफु नेपाल मै जन्मे पनि कर्मथलो क्यानडा भए पनि आफनो मन भने नेपाली रहेको बताए । उनले जिल्ला र देशको विकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उहाँहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ
२६ मंसिर २०८०, मंगलबार








प्रतिक्रिया