खोज–अनुसन्धान

सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको शिशुको मृत्यु, आमा थुनामा



कपिलवस्तु २६ मंसिर ।कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बच्चालाई बोर्डगाँउकै एक महिलाले जन्म दिएर सेफ्टी ट्याङ्कीमा फालेकी थिईन् ।
देवकला भुसालको घरको पछाडिको सेफ्टी ट्याङ्कीबाट शिशु फेला परेको हो । बिहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछि हेर्न जादा फेला पारेर पिपरा अस्पताल पु¥याएपछि प्रहरीलाई खबर गरिएको जनाईएको छ ।अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछि शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६