खोज–अनुसन्धान

क्षमतावान युवालाई एमालेले नेतृत्वमा अवसर दिन्छ : नेता अधिकारी



भगवती न्यौपाने
कपिलवस्तु २७ मंसिर ।एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु क्षेत्र नं १ का सांसद बलराम अधिकारीले नेकपा एमालेको मध्ये पहाडी लोकमार्गमा जारी समृद्धीकालागि संकल्प यात्रा पहाडवाट हुने वसाई सराई रोक्न र पहाडमा विकासको मूल फुटाउन चाल्नु पर्ने कदमवारे जानकारी लिनका लागि भएको वताउनु भएको छ । बुद्धआवाज टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिडिरहेको एमाले दृढ संकल्पका साथ सामुदायिक सद्भाव र राष्ट्रीयताको रक्षाका लागि प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाँले जनताको समस्या बुझ्न र तदअनुसार समाधान गर्न एमाले सधैं लागि परेको समेत बताउनु भयो ।
नेता अधिकारीले एमाले कपिलवस्तुको आसन्न्न जिल्ला अधिबेशनवाट सकभर सर्ब सहमत नभए प्रतिस्पर्धावाट नेतृत्व छनौट गर्ने वताउनु भयो । एमालेले क्षमतावान यूवालाई पार्टी नेतृत्व क्रमश हस्तान्तरण गर्ने सोचमा रहेको भन्दै क्षमताबान युवाहरुलाई सधै अबसर दिने बताउनु भयो ।उहाले कपिलवस्तु क्षेत्र नं १ मा उत्तरमा बाणगंगा नदीमा कोरीडोर सहितको बृहत्त डयाम निर्माण गर्ने र दक्षिणमा सिमाक्षेत्र सडक सहित चाकड चौडा भन्सारको स्तरउन्नीत गर्ने काममा लागेको वताउनु भयो ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६