सीता बेल्बासे
कपिलवस्तु २७ मंसिर ।१४ औं कपिलवस्तु महोत्सवमा विद्यालय स्तरिय गायन प्रगियोगिता सम्पन्न भएकोे छ । शैक्षिक संस्था अन्र्तगत नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयले एकल गायन प्रगियोगिता समपन्न गरेको हो । महोत्सवका शिक्षा समन्वय उप समिति संयोजक बासुदेव घिमिरेले महोत्सव बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने थलो भएको र महोत्सवमा विभिन्न शैक्षिक कार्यक्रमहरु आयोजना गरिएको र महोत्सवमा विगतका वर्षहरुमा बाणगंगा नगरले निरन्तरता दिँदै आएको बताउनु भयो । साथै बाणगंगाका नगपालिकाका बिभिन्न विद्यालय एकल गायन प्रगियोगिता सहभागि भएको बताउनु भयो ।
प्रथम बाल मावि बैरिया,दोस्रो हिलवर्ट बोडि स्कुल, तेस्रो पारिजात र जनता मावि पिपरा सान्तवना भएको संयोजक बासुदेव घिमिरेले बताउनु भयो ।साथै बुधबार महोत्सवमा बहु चर्चित गायक खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । १४ औँ कपिलवस्तु महोत्सवको सातौ दिन दर्शकहरु अबलोक गरेका छन् । जसमा बाक्लो उपस्थिति रहेको थियो ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा मंसिर २१ बाट सुरु भएको महोत्सवको सातौ दिन बुधवार पनि दर्शकहरुको उत्कृष्ट साथ रहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले बताउनुभयो । महोत्सवका सातौँ दिन अर्थात बुधबार लगभग ८ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए ।
प्रतिक्रिया