अर्थ-वाणिज्य

सरकारले बजेट निकाशा नदिदा वीर अस्पतालका बिरामी ट्रमा सेन्टरमा पठाइयो



  काठमाडौँ २८ मंसिर  । सरकारले बजेट निकाशा नदिदा ल्याब जाँचको लागि रिएजेन्ट तथा किट अभाव हुँदा वीर अस्पतालको सेवा प्रभावित भएको छ । 

किट अभाव भएपछि वीर अस्पतालमा आएका बिरामीलाई ल्याब जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । जसका कारण ट्रमा सेन्टरमा दिनभर ल्याब जाँच गर्नेको भिड देखिन्थ्यो । वीरबाट बिरामीहरू ल्याब जाँचका लागि आएकाले दिनभर प्रेसरमा काम गर्नु परेको एक कर्मचारीले बताए ।

स्रोतका अनुसार वीर अस्पतालमा किटको अभाव भएपछि बिरामीहरूलाई ट्रमामा पठाइएको हो । प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।यसैगरी, वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको पनि अभाव भएको चर्चा चलेको छ । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्रा।डा। भूपेन्द्रकुमार बस्नेतले टिकट र भर्ना कागज अभाव नभएको दाबी गरे । उनले भने, ‘अस्पतालमा सामान सकिएको मलाई थाहा छैन, तपाईँलाई कसरी थाहा हुन्छ रु बिचौलियाको हल्लाको पछि नलाग्नुस्, वीरमा सेवा बन्द हुँदैन ।’ बिचौलियाले चलखेल गर्न अफवाह फैलाएको उनको भनाई छ ।

प्रकाशित : २८ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६