खोज–अनुसन्धान

एकीकृत समाजवादीले ४ जनालाई राष्ट्रिय सभामा उमेदवार बनाउने



कपिलवस्तु २८ मन्सिर ।  नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेता गणेश विके र सावित्री भुसाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ।

क्लस्टर मिलेसम्म चारैजनालाई अगाडि सार्ने सो पार्टी एक पदाधिकारीले जानकारी दिए। यसबारे निर्णय गर्न बिहीबार एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ।
सो पार्टीका दुई सांसदको पदावधि सकिँदैछ। गठबन्धनसँग थप दुई सिट माग्ने तयारीमा एकीकृत समाजवादी छ।पहिला त क्लस्टर मिल्नुप¥यो, यदि मिल्यो र गठबन्धनभित्र भागबण्डामा सहमति जुट्यो भने हाम्रो पार्टीले चार नेतालाई यसपटक राष्ट्रिय सभामा पठाउनेबारे निर्णय गर्न सक्छ,’ ती पदाधिकारीले भने, ‘दलितबाट गणेश विके, जनजाति क्लस्टरबाट गंगालाल तुलाधर, अन्यबाट प्रमेश हमाल र घनेन्द्र बस्नेतमध्ये एक र महिलाबाट सावित्री भुसाल।’

फागुन २० बाट नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्र ३, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टी ९जसपा० १ सांसद रिक्त हुँदैछन्। यस्तै एमालेका ८, स्वतन्त्र १ र सरकारले मनोनित गर्ने १ सिट पनि रिक्त हुँदैछ।

प्रकाशित : २८ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६