कैलाली २९ मंसिर । प्राडा गोविन्द केसीलाई गेटा मेडिकल कलेज प्रवेशमा रोक लगाइएको छ । आमरण अनसन बस्न गेटा मेडिकल कलेज धनगढी पुगेका केसीलाई प्रहरीले भित्र प्रवेश गर्न नदिएको संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।
स्थानीयले गेटालाई विश्वविद्यालय बनाउनुपर्ने माग राखेका छन् । तर, केसीले भने प्रतिष्ठानको रुपमा अगाडि बढाउनुपर्ने बताएपछि उनीसँग संवाद गर्न गेटा पुगेको भट्टले बताए ।केसी र संघर्ष समितिका केही सरोकारवालाहरूबीच विवादसमेत भएको थियो ।
‘हामीले सुरुमा किन प्रतिष्ठान भनिरहनु भएको छ भनेर फोनमा कुरा गर्न खोजेका थियौं’, भट्टले भने, ‘उहाँले फोन नउठाएपछि हामी संवाद गर्न गेटा गयौं ।’गेटामा उनीहरुले डा। केसीलाई प्रतिष्ठानका रुपमा नभई विश्वविद्यालयको रुपमा अगाडि बढाउनुपर्ने बताएका थिए ।‘तर, उहाँको आशय विश्वविद्यालय बनाउनु पर्छ भन्नेमा देखिएन’, भट्टले भने, ‘त्यसो भए पनि केही विवाद भयो । प्रहरीले भित्र पस्न दिएन ।’प्रहरीले पस्न नदिएपछि केसी फर्किएका थिए ।








प्रतिक्रिया