सरिता थारु
कपिलबस्तु, ३० मंसिर।१४ औं कपिलवस्तु महोत्सव कृषि मेला प्रदर्शनीमा राखिएको कृषि उपजहरुबाट उत्कृष्ट भएका कृषकहरुलाई शनिबार बाणगंगा नगरपालिकाले पुरस्कार प्रदान गरेको छ । बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी चौधरीले उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रदर्शनीमा १ सय ४६ जनाले सहभागिता जनाएका थिए भने ७ समुहका १ सय ५० वटा कृषि बाली रहेको थियो । खाद्यन्न, तरकारी, फलफुल, दलहन, तेलहन, आलु र विविध गरी ७ वटा बाली समुहका २८ जना कृषक पुरस्कृत भएका छन् ।
प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका किसानलाई क्रमशः नगद ५ हजार, ३ हजार ३ हजार र १ हजार रुपैयाँ संगै प्रमाणपत्र, र हजारी समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिकाले कृषि क्षेत्रलाई निती तथा कार्यक्रममा प्राथमिकताका साथ उठान गरेको बताउनुभया । उहाले विशेष गरि नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुको क्षेत्रलाई विशेष लगानी गरेको दाबी गर्नुभयो । साथै कार्यक्रममा बोल्दै अगाडी भन्नुभयो ।
यस्तै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन ईकाई प्रमुख सहसराम चौधरीले कृषि क्षेत्रको विकास भए मात्र देशको समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । कपिलबस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले कृषिलाई आधुनिकिकरण तर्फ लाग्न आवश्यक रहेको औल्याउनुयो । कार्यक्रममा बाणगंगा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं पशु सेवा शाखा प्रमुख राजकुमार तिवारी, कृषि ज्ञानकेन्द्र कपिलबस्तुका प्रमुख भाष्कर पौडेल, लगाएतको आतिथ्यता रहेको थियो । बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजनामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा कृषि शाखा प्रमुख लेस बहादुर के.सीले उदेश्य बारे जानकारी जगराउनुभएको थियो भने धनिराम आचार्यको संचालन सम्पन्न भएको हो । यता कृषि प्रदर्शनीमा सहभागि कृषकहरुलाई १४ औं कपिलबस्तु महोत्सवका आयोजक बाणगंगा वेलफेयर सोसाईटीले हजारी प्रदान गरेको हो ।
३० मंसिर २०८०, शनिबार








प्रतिक्रिया