देश

समुदायको विकाससंगै रोजगारी श्रृजनाका निम्ति सहकारी नै उपयुक्त माध्यम : प्रदेश सभा सदस्य पंथी



कपिलवस्तु, पौष १
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले स्थानिय स्तरमा विकासको मूल फुटाउन र गाउँ गाउँमा रोजगारी श्रृजना गर्ने जस्तो महत्वपूर्ण कामका निम्ति उपयुक्त माध्यम सहकारी भएको बताउनु भयो । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री पंथीले सहकारीका माध्यमबाट समुदाय स्तरमा सबैलाई एकिकृत गर्दै अगाडी बढदा उच्चतम सफलता प्राप्त हुने विश्वास ब्यक्त गर्नु भयो । प्रदेश सभा सदस्य पंथीले कपिलवस्तुको पूर्वी भागको विकासमा यहाँका सहकारीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नु भयो । प्रदेश सांसद पंथीले अर्थतन्त्रका तीन वटा खम्बा मध्ये सहकारीलाई एउटा महत्वपूर्ण खम्बा राज्यले मानेको हुदा विकासका निम्ति सहकारी नै उपयुक्त विकल्प भएको औलाउनु भयो । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा एवम् रजत जयन्ती समारोहको उद्घाटन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

बाणगंगा नगरपालिकाका उपप्रमुख रिता थारुले ग्रामिण तथा दुर दराजमा बचत तथा ऋणसंगै बिभिन्न आधुनिक बित्तीय सेवाहरु मार्फत संस्थाले योगदान गरेकोमा प्रंससा गर्नु भयो । रजत जयन्तीको अवसरमा तयार पारिएको सस्थागत चिनारी सहितको वृत्त चित्रको उद्घाटनमा संस्थाका अध्यक्ष युवराज पोख्रेलले गर्नु भएको थियो ।


साधारण सभामा संस्थाको आगामी नीति तथा कार्यक्रम संस्थाका अध्यक्ष युवराज पोख्रेलले प्रस्तुत गर्नु भएको थियो । मुख्य गरी नीति तथा कार्यक्रममा सबै भन्दा बढी शेयर खरिदगर्ने सदस्यलाई सम्मान, सबैभन्दा बढी सदस्य बनाउन भूमिका निर्वाहगर्ने सदस्यलाई सम्मान, ब्यवसाय प्रवद्र्धनको लागि परामर्श चाहने सदस्यहरुको मागको आधारमा बिशेषज्ञबाट परामर्शको ब्यवस्था, सदस्यहरुको आय आर्जनलाई मद्धत पर्याउनको निम्ति कृषि उत्पादन प्रबद्र्धन तथा आधुनिकिरण गर्न आधुनिक कृषि औजारहरु सहयोग, सरकारी तथा गैर सरकारी निकायबाट संचालन गरिने बित्तिय स–शक्तिकरणका कृयाकलापहरुमा आवस्यकता अनुसार सहकार्य, संस्थामा आवद्ध जेष्ठ नागरिक सदस्यहरुलाई १ दिनको तीर्थाटन कार्यक्रम र नियमित बाल बचत सदस्यहरुलाई १ दिने बाल उद्यान भ्रमण र दीगो बचत सदस्यहरुलाइ १ दिने शैक्षिक भ्रमण र भ्रमणकै क्रममा संस्थाका सेवा तथा बित्तीय साक्षरता सम्बन्धि जानकारी जस्ता विषयवस्तुलाई प्राथमिकता दिएको छ ।

त्यस्तै सभामा संस्थाका वार्षिक प्रगती प्रतिवेदन संस्थाका सचिव खेमराज भट्टराइले गर्नु भएको थियो । सचिवद्धारा प्रस्तुत प्रतिवेदनमा विशेषगरी पेन्सन बचत, जेष्ठ नागरिक बचत, दीगो बचत, अपाङ्ग बचत र स्वास्थ्य बचत लगायतका १४ वटा बचत संचालनमा रहेका, ५ सी को बिश्लेषण गरी ऋण प्रवाह गरिएको, अधिकतम एक सदस्यलाई ३५ लाखसम्म ऋण प्रवाह गरिएको छ । सहकारी ऐन तथा नियमावली पूर्ण रुपमा पालना गरिएको जस्ता विषयवस्तुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सभामा संस्थाको आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लेखनाथ भट्टराईले गर्नु भएको थियो । सोही सभामा संस्थाको लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक देवी पोख्रेलले प्रस्तुत गर्नु भएको थियो । सभामा प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।


संस्थाले आफ्नो रजत जयन्तीको अवसरमा विभिन्न विधामा एक दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरेको संस्थाका पूर्व अध्यक्ष दिपक खनालले जानकारी दिनु भयो । साधारण सभामा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे, शैक्षिक एवम् सामाजिक ब्यत्तित्व मोहन ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको थियो । कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन, वैदौलीमा निकै उत्साहपूर्ण उपस्थिती रहेको समारोह संस्थाका अध्यक्ष यूवराज पोख्रेलको अध्यक्षता, संस्थाका सहसचिव प्रकाश भुसाल स्वागत मन्तब्य, संस्थाका सचिव खेमराज भट्टराईको संचालनमा सम्पन्न भएको ब्यवस्थापक रविलाल भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित : १ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६