ब्रेकिंग न्युज

सिनर्जी र नमुना प्रदेशकै उत्कृष्ट सहकारी



बुटवल । पौष १
बहुउदेश्यीय विधामा लुम्विनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लि. ,कपिलबस्तु र बचत तथा ऋण बिधामा नमुना महिला बचत तथा ऋण सहकारी संस्था लि. बुटवललाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ । राष्ट्रिय सहकारी बैंक लि. नेपालको २० औ बार्षिक साधारण सभाको अवसर पारी उत्कृष्ट सहकारी घोषणा गरिएको हो । उत्कृष्टताको प्रमाणपत्र बैंकको स्थापना दिवको अवसरमा प्रदान गर्ने कार्यताकिा रहेको राष्ट्रिय सहकारी बैंक लि. लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले जानकारी दिनुभएको छ ।


कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बाणगंगा नगरपालिकामा क्रियाशिल ६ वटा एकै कार्य क्षेत्र भएका सहकारी मर्जर पछी बनेको थियो । १० हजार ५ सय बढी सदस्य रहेको सिनर्जी सहकारीले हाल सहकारी बजार, भेटेनरी सेवा संचालन गर्नुका साथै उद्यमशिलता प्रवर्धनमा जोड दिदै आएको छ ।
साधारण सभामा बैंकमा गत आ.व.मा रहेको निक्षेप ५८ अर्व २४ करोड , कर्जा लगानी ३१ अर्व ६४ करोड , जगेडा कोष २ अर्व ११ करोड र शेयर पुजि २ अर्व ८० करोड रहेको साथै गर्त वर्षको नाफा २३ करोड ७८ लाख रहेको प्रतिवेदन सभामा पेश गरिएको थियो ।


बुटवलको द दरवारलन प्रालि होटलको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता बैंकको संचालक तथा लुम्वनी प्रदेश संयोजक बिजया धितालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचन, नेफस्कुनका संचालक सन्दिप सापकोटा लगायतको आतिथ्यतामा भएको थियो सहकारी बैंकले जनाएको छ । साधारण सभामा प्रदेश भरका १ हजार ९सय १४ सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : १ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६