देश

एनसेल खरिद बिक्रीमा जालझेल र गडबड छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ०३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद(बिक्री गर्दा सरकारलाई कुनै जानकारी नदिएको बताएका छन् ।

मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताए । “एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा म आफैँ लडेको थिए । यसले ६५ अर्ब जोगाएको हो । अहिले जालझेल भएकै छ, गडबड छ । कर छल्ने, स्वामित्व हस्तान्तरण नगर्ने नियत छ” उनले भने ।

दाहालले एनसेल प्रकरणमा वैदेशिक लगानीले पार्ने प्रभावबारे पनि अध्ययन गर्न टंकमणि शर्माको नेतृत्वमा समिति बनाइएको बताए।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६