अर्थ-वाणिज्य

यात्रु बाहक बस र ट्रक ठोकिँदा ४ जना गम्भीर घाइते



कपिलवस्तु ३ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा ४ जना गम्भीर घाइते भएका छन् । मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवल तर्फ जाँदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसको बनोटमा बसेका ४ यात्रु च्यापिएका थिए ।
बसमा रहेका यात्रुको सङ्ख्या समाचार तयार हुदा सम्म किटान नभएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि बुटवल लगिएको छ । बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो । बसमा च्यापिएकाहरूको ४५ मिनेट लगाएर उद्धार गरिएको थियो । उद्धार कार्यमा नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीय खटिएका थिए ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६