अर्थ-वाणिज्य

अनुत्पादक शिक्षा हटाएर रोजगार शिक्षा लागु गरौ : मुख्यमन्त्री चौधरी



बर्दिया ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षामाथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले हाम्रो मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रित भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुनेगरेको बताउनुभयो ।
शिक्षाले कुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाइ छ । शिक्षालाई आवश्यकताअनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ठाकुरबाबा नगरपालिका –३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको अवसरमा विद्यालय स्थापनाकालदेखिका संस्थापक सदस्य तथा शिक्षकलाई सम्मान गरेको थियो ।
बर्दियाको तेस्रो पुरानो अग्रणी शिक्षण संस्थाको रूपमा रहेको यस विद्यालयको स्थापना २०३० पुस ३ गते भएको थियो । ५०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले ‘चुरे स्वर्णोत्सव स्मारिका २०८०’ समेत प्रकाशन गरेको छ । स्मारिकामा विद्यालय स्थापनाको कालखण्डदेखि वर्तमानसम्मका कुराहरू, विद्यालयका शिक्षकहरूको स्मरण, विद्यालयका विषयसँग सम्बन्धित लेख रचनाहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादबले बताउनुभयो । विद्यालयको अभिलेख अनुसार क्षेत्रिय शिक्षा निर्देशनालयबाट चुरे निम्न माध्यमिक विद्यालयको रुपमा २०३० फाल्गुन १२ गते विद्यालयले सञ्चालनको अनुमती पाएको हो ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६