अर्थ-वाणिज्य

सरकारको निर्णय अवज्ञा गर्दै काठमाडौं बाहिर खुलाइयो टिकटक



कपिलवस्तु ५ पुस । मन्त्रिपरिषद्ले गरेको निर्णय अबज्ञा गर्दै तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् ।अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक आज काठमाडौंमा बसेको थियो ।सो वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बतायो । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ ।
काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ । काठमाडौंमा खोल्दा सरकारी निकायको ध्यान जाने र कारवाहीमा परिने डरले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ ।
टिकटक प्रतिवन्धविरूद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडो चुनौति दिएका छन् ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६