अन्तर्राष्ट्रिय

हमासले मारेका १० नेपालीलाई सरकारले दियो १०/१० लाख



कपिलवस्तु ५ पुस। इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०(१० लाख रुपैयाँ राहत दिएको छ ।अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६