जीवनशैली

नेम्वाङ जस्तै स्वभावका थिए स्व. भेषराज शर्मा खनाल



कपिलवस्तु ५ पुुस ।नेकपा एमाले जिल्ला सदस्य तथा बुद्धभुमि नगरपालिका वडा नम्बर २ का पुर्व अध्यक्ष स्व भेषराज शर्मा खनालको शोक सभा सम्पन्न भएको छ । एमाले कपिलवस्तु जिल्ला कमिटिले आयोजना गरेको शोक सभामा बोल्दै एमाले केन्द्रीय सदस्य वृजेश कुमार गुप्ताले स्व खनालले दिएको ईमान्दारिताको बाटोमा सबै लाग्नु पर्ने बताउनु भयो । उहाँ सँग भेट्दा सधै वडाको विकासको लागि कुरा गर्ने गुप्ताले बताउनु भयो । पुर्व कानुन मन्त्रि समेत रहनु भएका गुप्ताले शर्माले उहाँ को परिवार प्रति श्रद्धासुमन प्रकट गर्नु भएको थियो ।एमाले केन्द्रीय लेखा आयोग उपाध्यक्ष विष्णु पन्थिले स्व शर्मा एक सच्चा कम्युनिष्ठ नेता रहेको बताउनु भयो । जनप्रतिनिधि हुँदा सबैलाई मिलाएर लैजाने खुबि रहेको शर्माको निधनले बुद्धभुमिलाई शून्य बनाएको पन्थिले बताउनु भयो ।शोक सभाको,समापन गर्दै एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले स्व खनाल सबैको साझा व्यक्तित्वको रुपमा परिचित हुनु भएको बताउनु भयो । उहाले जिवित हुँदा गरेका योगदान अविश्मरणिय रहेका छन् । सबै जातजाति, भाषाभाषी, दल , लिङ्ग तथा समुदायले उहाँको ईमान्दारिताको कदर गरेको बताउनु भयो ।शोक सभामा बोल्दै एमाले बरिष्ठ नेता झविलाल पोख्रेलले स्व खनालको ईमान्दारिता र शालिन व्याव्हारको कारण सबैको प्यारो हुनु भएको बताउनु भयो । शोक सभामा समाजसेवि बिष्णुहरि शर्मा , नेपाली काँग्रेसका नेता पदम खनाल ले स्व शर्माले गरेका योगदानको चर्चा गर्दै उहाँ नेम्वाङ जस्तै स्वभाव रहेको बताउनु भएको थियो ।

शोक सभाका एमाले केन्द्रिय सल्लाहकार ईन्द्रमणि पौडेल, लुम्विनि प्रदेश सभा सदस्य अर्जुन केसि, एमाले लुम्विनि प्रदेस कमिटि सदस्य दृघनारायण पाण्डे, नेत्रराज अधिकारी, धनु अधिकारी , खुम प्रसाद आचार्य , धर्म भुसाल, दोर्णराज सुवेदी, धर्मबहादुर श्रीवास्तव, शारदा शर्मा चन्द्रा भट्टराई, लाल बहादुर सुनार, एमाले बरिष्ठ नेता बावुराम खनाल, नेपाली काँग्रेस नेता हिमलाल न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एमाले जिल्ला सचिव सिवि गहतराज र जिल्ला सचिवालय सदस्य पिताम्वर खनालले स्व खनालको जिवनी सुनाउनु भएको थियो ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६