खोज–अनुसन्धान

हजार बढीको निशुल्क आखाँ चेकजाँच



कपिलवस्तु ७ पुस । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा १ हजार १ सय १२ जनाले निशुल्क आखाँ चेकजाच गराएका छन । महाराजगंज वडा नं ५ को उदयपुर स्वास्थ्य चौकीमा २ दिने निःशुल्क आखा शिबिरमा आखाँका रोगीहरुले चेकजाँच गराएका हुन । महाराजगन्ज नगरपालिकाको आयोजना तथा छन्द काले बाबू नारायणी आखा अस्पताल बहादुरगन्जको प्राबिधिक सहयोगमा शुक्रवार र शनिबार दिउँसोसम्म सन्चालन भएको निशुःल्क आखाँ शिविरमा १ हजार १ सय १२ जनाले निशुल्क आखाँ चेकजाच गराएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

शिविरमा आएका ५ सय ४ जनालाई चस्मा बितरण र १ सय ७२ जनाको मोतियाविन्दको अप्रेशन गरिएको छन्द काले बाबू नारायणी आखा अस्पताल बहादुरगन्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।बिरामीहरुलाई कालो चश्मा र औषधि वितरण गरि आवश्यक परामर्श सहित घर पठाईएको अधिकृत विश्वकर्माले बताउनु भयो । आँखा शिविर कार्यक्रममा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।शिविरमा मधुमेहका बिरामिका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो ।महाराजगंज नगरपालिकाले प्रत्येक बर्ष निशुःल्क आखाँ शिबिर सञ्चालन गर्देै आएको छ ।

प्रकाशित : ७ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६