दाङ १० पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले पछिल्लो समय उदाहरणीय कार्यको थालनी गरेकी छिन् ।देशभर जनप्रतिनिधि र कर्मचारीबाट सरकारी गाडीको दुरूपयोग बढी रहेको बेला उपाध्यक्ष चौधरीले भने सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम तथा कार्यक्रममा सहभागी हुन साइकल चढेर जाने गरेकी छिन् ।हरेक असल कामको शुरूवात आफूबाट गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रमुख दायित्व जनप्रतिनिधिको रहेको भन्दै उपाध्यक्ष चौधरीले बिदाको दिन आफू संग भएको साइकल चढेर कार्यक्रमहरूमा पुग्ने गरेको बताएकी छिन् । जनप्रतिनिधि र कर्मचारीहरूबाट देशभर सरकारी गाडीको चरम दुरूपयोग बढेको व्यापक समाचार आईरहेकोले आफूले सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम गर्ने गरेको बताएकी छिन् । उपाध्यक्ष चौधरी सार्वजनिक बिदा बाहेकका दिन भने गाउँपालिकाको सरकारी गाडी चढ्दै आएकी छिन् । सोमबार इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डे को अवसरमा सिसहनियाँ सु( समाचार मण्डलीले राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा साइकल चढेर कार्यक्रम सहभागी भएकी थिइन् । भने गाउँपालिका अध्यक्ष प्रकाश विष्ट निजी मोटरसाइकल चढेर कार्यक्रममा सहभागी भएका थिए । उपाध्यक्ष चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी लामो समय देखि भूमिहिन सुकुमबासी आन्दोलनमा समेत योगदान पुर्याएकी छिन्।
१० पुस २०८०, मंगलबार
प्रतिक्रिया