देश

माओवादीलाई पुरानै ताकतमा फर्काउने अभियान शुरु गर्दैछुः प्रचण्ड



काठमाडौं, १० पौष । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।

३१ औं माओ जयन्तीको अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने बताए।

पार्टीले गत भदौ १६ गते शुरु गरेको तीन महिने अभियान सकिएलगत्तै फेरि अर्को अभियान शुरु गर्ने उनले बताए। ‘यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट हामी अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी जाँदै छौँ’, उनले भने। उनले पार्टीका युवालाई अध्ययन, चिन्तन मननतिर र विचार विकास गर्ने तिर ध्यान दिन निर्देशन दिए।

प्रकाशित : १० पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६