प्रदेश

देशको शिक्षानीति अब्यवहारीक भएकाले विद्यार्थीहरु बिदेशीए: उपकुलपति डा.कोइराला

श्रीनगर इन्टिग्रेटेड कलेज कपिलवस्तुमा अन्तरकृया



हरि घिमिरे

कपिलवस्तु११ पौष । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले विश्व विद्यालयहरू  समुदाय स्तर सम्म पुग्न नसक्दा विद्यार्थीलाई देशमा रोक्न गाह्रो भएको बताएका छन् । उपकुलपति कोइरालाले विश्वविद्यालय जनस्तरबाट सञ्चालित हुनुपर्ने भन्दै, अब समुदायमा सम्म पुग्नु आवश्यक रहेको बताए ।कपिलवस्तुको लुम्बिनी भिजन कलेजमा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा उपकुलपति कोइरालाले यस्तो बताएका हुन् । उनले विश्वविद्यालय समुदाय स्तरमा जाँदा विश्वविद्यालयले लिने शुल्क पनि कम हुँदै जाने बताए । यसरी विश्व विद्यालय समुदाय स्तरमा पुगेर विद्यार्थीलाई सुझाउन सकेमा विदेश जानेक्रम कमहुने बताए । 
अहिलेको शिक्षाले वर्तमान आवश्यकता पुरागर्न नसेकेको उनको भनाई छ । उनले सरकारले स्पष्ट नीति तयार गर्न नसक्दा पनि विद्यार्थीहरू बाहिर जान बाध्य भएको बताए । उनले भने “बाहिरी देशले आफ्ना नयाँ, नयाँ निती तयार गरेर विश्व परिवेश अनुसार विद्यार्थीलाई लोभ्याएका छन्, विद्यार्थी रोकिने कुरै हुँदैन । ” ‘कि सरकारले त्यस्तो पोलिसी तयार गर्नु पर्छ, कि वर्तमान आवश्यकतालाई मध्यनजर गर्नु पर्छ, उनले भने ।’ लुम्बिनी भिजन कलेजद्वारा सञ्चालित श्री नगर इन्टिग्रेटेड कलेजलाई वर्तमान आवश्यकतालाई मध्यनजर गरेर कलेजका कार्यक्रम तय गर्न सुझाव समेत दिए ।

उनले लुम्बिनी भिजन समुदाय स्तर सम्म पुगेर विद्यार्थीलाई आफ्ना विषयमा जानकारी गराउन समेत आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा कलेजका शिक्षक, सञ्चालकहरुको बिचमा वर्तमान समयको शिक्षाको सन्दर्भमा छलफल भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले जानकारी दिए । 

प्रकाशित : ११ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६