प्रदेश

आठौं चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा, १ लाख दर्शक उतार्ने




चन्द्रौटा, ११ पौष ।
चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य सङ्घ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जर्गेना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने आयोजकले जनाएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ मेलामा बाल उद्यान, झुला तथा कृषि जन्य उत्पादनहरू मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजक संस्थाका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो । अहिले महोत्सवमा स्टल निर्माण ,आकर्षक गेट, बाल उद्यानको काम अन्तिम चरणमा पुगेको पाण्डेले बताउनुभएको छ ।

महोत्सवमा धार्मिक स्थल शिवगढि मन्दिर आकृतिको मूल गेट र मायादेवी मन्दिर आकृतिको सचिवालय निर्माण गरिएको छ । महोत्सवले यस क्षेत्रको आर्थिक चलायमान हुनुका साथै धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न सकिने उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमसेर अलि मियाले बताउनुभयो ।

मेलामा १८० स्टलहरू रहेका छन् । १ लाख दर्शकहरूले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जर्गेना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवको प्रचार प्रसार तीव्र पारिएको प्रेस संयोजक कृष्ण गैरेले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको उपस्थितिले महोत्सवको रौनकता छाउने छ ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६