अर्थ-वाणिज्य

प्रदेश सरकारलाई प्रश्न :मानसिक रोगका बिरामी स्वास्थ्य सेवाभन्दा बाहिर कहिले सम्म ?



दिवाकर पोख्रेल
देउखुरी १२ पुस । दाङको लमही नगरपालिका निवासी नीमा भट्टराई मनोसामाजिक परामर्शदाता हुनुहुन्छ । उहाँले यो क्षेत्रमा काम गर्न थालेका चारवर्ष भयो । चारवाषर््को अवसधमा दाङको लमही नगरपालिका भित्रमात्रै एकसय बढीको औपचारिक रुपमै मनोसामाजिक रुपमा परामर्श गर्नुभयो । यो बाहके अनौपचारिक रुपमा दिइने सल्लाह,सुझाव र परामर्शको तथ्याङ उहाँसंग छैन । उहाँका अनुसार दैनिक रुपमा १० देखि १५ जनामा मानसिक रोगको मिल्दोेजुल्दो लक्षण उहाँले भेटाउनुहुन्छ ।तर पहलिो भेटमै मानसिक स्वास्थ्य समस्या हो भनेर छुट्टाउन सकिदैन । व्यत्तिले आफ्नो समस्या स्पष्ट रुपमा नभन्ने र गोपनियता भङग हुने डरले नखुल्ने समस्या पनि मानसिक स्वास्थ्य समस्या पहिल्याउनै गारो हुन्छ ।

उहाँ भन्नुहुन्छ,‘मैले बैदेशिक राजगारमासंग सम्बन्धित विवरणको मात्रै तथ्याङ राख्ने भएकोले कम देखिएपनि अन्य कारणबाट मानसिक समस्यामा परेकाहरुको तथ्याङ छैन,तर दैनिक रुपमै मैले सेवा दिइरहेकी छु, एकभेटमा थाहा हुँदैन वाह्रपटक सम्म भेटेपछि मात्रै समस्या पत्ता लागेको उदाहरण पनि छन ।उहाँको अनभुवमा आर्थिक, शारिरीग,दुर्घटनाजन्य समस्याबाट मानिसमा मानसिक स्वास्थ्य समस्या सिर्जना हुने गरेको छ । मानसिक स्वास्थ्य समस्या जतिबेलापनि पर्नेभएकाले यसमा तीनै तहका सरकार गम्भिर हुनुपर्ने सुझाव उहाँको छ । यस्तै कपिलवस्तु जिल्ला निवासी इशा खड्का स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँले मनोसामाजिक परामर्शको तालिम लिएपछि मात्रै दैनिक रुपमा ओपीडी कक्षमा उपचारमा आउने विरामीको समस्यालाई मानसिक स्वास्थ्य समस्याको कोणबाट पनि हेर्न थाल्न्भयो । अहिले उहाँले जिल्लामा मानसिक स्वास्थ्य समस्याको अवस्था बढ्दो अवस्थामा रहेको पाउनु भएको छ ।
भट्टराई र खड्का जस्ता दुइजना मनोसामाजिक परामर्शदाताको अनुभवले मात्रै होइन मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने स्वास्थ्यकर्मी र सरोकारवाल निकायकै तथ्याङले पनि देशमा मानसिक स्वास्थ्य समस्या बढ्दो छ भन्ने पुष्ट्रि गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानमा १३ बर्ष देखि १७ बर्ष उमेर समुहका नागरिक पाँचप्रतिसत र त्यो भन्दा माथिका उमेर समुहका १० प्रसतसतमा मानसिक रोगको समस्या रहेको प्रतबेदन जारी गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी.) ले गरेको अध्यनमा नेपालको शन्दर्भमा ९० प्रतिसत बढी मानसिक स्वास्थ्य समस्या भएका विरामीहरु उपचारसेवाबाट बन्चित रहेको पाइएको छ । सीएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले मानसिक स्वास्थ्यको जनचेतनाको अभाव अझैपनि धामीझाँक्रीमा विश्वास गर्ने प्रचलनका कारण समस्इा बढ्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मानसिक स्वास्थ्य समस्या भएका व्यत्तिले अस्वभाविक प्रतिmित्रया देखाउने तर समाज दैविशक्तीको पछाडी लागेर धामीझाँक्रीको पछी लाग्दा झनै समस्या बढेको छ ।

’ मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको छ । मुलभुत रुपमा आप्रवासी सवाल, आन्तरिक बसाई दर बढ्दो, लैगिंक हिंसा तथा विविध सामाजिक . प्रजनन उमेर समुहमा आत्महत्याको दर बढ्दो छ । गत आर्थिक वर्ष सम्म मात्रै लुम्बिनी प्रदेशमा एक हजार तीन सय नौ जनाले आत्महत्या रोजेका छन् । लागुपदार्थ तथा मादक पदार्थ दुव्र्यसनीको जोखिम बढ्दै भएकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने रोकारवाल संघसंस्थाले सबै पेशामा रहेकाहरुमा यो समस्या पर्ने भएकाले यस्मा गम्भिर हुन आग्रह गरेका छन् । सरकारी स्तरबाट मानसिक स्वास्थ्य समस्यालाई गम्भिर रुपमा लिएर यसमा चासो दिन आग्रह गर्दै उनिहरुले लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई ध्यानकर्षण समेत गराएका हुन ।

लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थीले नीतिगत रुपमा जनप्रतिनिधीहरुले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गदौ भावानामा डवेर भन्दा वास्तविकतामा रहेर गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘समस्या साँच्चै छ, यो मानसिक समस्या जतिबेला पनि जस्लाई पनि पर्नसक्छ,यस्मा जनप्रतिनिधिले नीतिगत रुपमा शम्बोधन गर्ने र व्यवहारिकता जोड दिनुपर्ने देखिन्छ,बजेट विनियोजन गर्दा भावानामा बग्दा कार्यान्वयनमा समस्या आउन सक्छ ।’लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले आफुहरुले मानसिक स्वास्थ्य समस्याको बारेमा धेरै जानकारी नभएका कारण पनि विषय ओझेलमा परेको जानकारी दिदै अव प्रदशेसभाबाट स्वास्थ्य क्षेत्रमा बन्ने नीतिमा यो मानसिक स्वास्थ्य समस्यालाई समेटेर लैजाने बताउनुभयो । लुम्बिनी प्रदशेसभा सदस्य लोका विकले आफुहरुले मानसिक स्वास्थ्य समस्या शम्बोधन गर्ने गरी नीति बनाउन पहल गर्ने जानकारी दिनुभयो ।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६