देश

रोजगारी, अध्ययन र शान्ति मिसनमा विदेश जानेलाई तीन दिनभित्र लाइसेन्स



काठमाण्डौं, १२ पौष ।

अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स पाउने भएका छन् । यस्ता नेपालीहरुले छिटो लाइसेन्स पाउन आउँदो १५ गतेदेखि applydinew.dptm.gov.np मार्फत् निवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुनेछ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने विभागले जनाएको छ ।

निवेदकले सवारी चालक अनुमति पत्रको लागि अनलाइन पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिइ विभागमा जानु पर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६