देश

कुलमानले उद्योगीलाई भने – किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिनेछ



काठमाडौँ, १२ पौष । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् ।

डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकको विद्युत महसुल भुक्तानी विवाद लगायत विषयमा जानकारी दिँदै घिसिङले विद्युत् खपत गरेको तथ्यांक सुरक्षित रहेको बताए । घिसिङले भने,‘लामो समय अनिर्णयको बन्दीकारुपमा रहेको डेडिकेटेड र ट्रन्कलाईनको रकम उठाएरै छाड्ने नीतिमा प्राधिकरण पुगेको छ । डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् खपत गरेको तथ्यांक सुरक्षित रहेको छ । किस्ताबन्दीमा पनि महसुल भुक्तानी गर्न सकिने छ ।’

घिसिङले पहिले उद्योगीकै आग्रहमा लोडसेडिङ भएको दाबी गरे। उनले आफू प्राधिकरणमा आएसँगै बिजुलीको असमान वितरण अन्त्य गरेको दाबी समेत गरेका छन्। ‘म कार्यकारी निर्देशक भएर आएपछि बिजुलीको असमान वितरणको कारण लोडसेडिङ भएको भन्ने महसुस गरेँ’, उनले थपे, ‘त्यो पनि प्रष्ट छ। १० मेगावाटको कुनै उद्योगले निरन्तर बिजुली प्रयोग गर्दा ५ जिल्ला अन्धकार हुन्छ । र, त्यो भएकै थियो।’

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६