अर्थ-वाणिज्य

मेयर हर्कको व्यवस्थाविरूद्व चुनौती, राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर राखे राजाको



धरान , १२ पुस । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले राज्य व्यवस्थाविरूद्व नै चुनौती दिएका छन् ।उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नै हटाएका छन् । मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर किराँती राजा यलम्वरको तस्वीर राखेका हुन् ।

मेयर साम्पाङले हिजो सामाजिक सञ्जालमार्फत केन्द्र सरकारले धरानलाई महत्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने घोषणा गरेका थिए ।जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन तस्वीर राख्ने उनले उल्लेख गरेका छन् भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनस् उनीहरूको फोटो टाँस्नेछु १ जय देश ।’ उनले लेखेका थिए ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६