पाँचथर१३ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रचण्डको बिकल्पमा कांग्रेसले नेतृत्व लिन ढिलो गरे अर्थतन्त्र कोलयाप्स हुने बताएका छन ।उनले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यानआकर्षण गराउँदै उनले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताए ।
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन आएका कोइरालाले पत्रकार सँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको टिप्पणी गरे । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा उनको जोड छ ।नेपाली कांग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन शुक्रबार फिदिममा आयोजना गर्दैछ ।
प्रतिक्रिया