खोज–अनुसन्धान

सिमानाका क्षेत्रमा बिकास गरेर प्रदेश सरकार छ भन्ने देखाउछौ :मन्त्री मास्की



दाङ १३ पुस । सिमानाका क्षेत्रमा बिकस गरेर प्रदेश सरकार छ भन्ने देखाउने अर्थ मन्त्री धन बहादुर मास्किले बताएका छन । उनले सिमामा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिक्तामा राखेको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले बताएका छन् ।बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका हुँदै भैंसाही नाका सम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयहरु संग भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेको छ। खंग्रानाकामा रहेका सिमा स्तम्भ, सरकारी संरचना र जनताको अति आवश्यक समस्याहरुको पहिचान गर्न सिमानाका क्षेत्रमा गई जनतासंग छलफल तथा विचार विमर्श गरिएको हो।खंग्रानाकामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले गाउं गाउंमा सिंहदरबार को मतलव गांउ गांउमा बिकाश हुनु हो भएको बताए । लुम्बिनी प्रदेश सरकारको मन्त्रालय देउखुरीमा हुनुमा गौरव गर्नू पर्ने बताउनुभयो। नाकाक्षेत्रको बिकाश प्रदेश सरकारको पहिलो प्रथामिक्तामा रहेको बताए । नाका क्षेत्रमा बाटो पुर्याउने पहिलो लक्ष्य अनुसार आम गर्ने बताए ।बाटो संगै खानेपानी, बिद्युत र सञ्चारको पहुँच पहिलो प्रथामिक्तामा राखेको बताए । सिमावर्ती क्षेत्रलाई विकाशको मुल फुटाउन आवश्यक छ मन्त्री मास्कीले भने । नाका सम्म पुग्ने उत्तर दक्षिणको बाटो निर्माण पहिलो चरणमा काम गर्ने बताउँदै कपिलवस्तुको पश्चिम भाग र दाङको पुरै सिमाना र नेपालगंजको पुर्वी भाग सिमावर्ती क्षेत्रमा सिमानाका सिमानाको ठुलो समस्या भएको बताए । सिमावर्ती क्षेत्रमा बाह्रै महिना यातायातका सुचारु हुने हिसावले काम गर्न चाहेको स्पष्ट पार्नु भयो । सिमानाकामा बास्तबिक सिमारक्षक स्थानीय नै भएको बताउँदै प्रहरी प्रशासन र स्थानीयहरुको समन्वय आवश्यक रहेको बताएबिभिन्न सिमानाकामा स्थानीयहरुले मन्त्री मास्कीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्रमा मुख्य गरी खानेपानीको समस्या, बिद्युत, सञ्चार, बाटो लाई बिशेष प्रथामिक्तिमा राखिएको छ । सिमावर्ती क्षेत्रको स्थलगत अनुगमन तथा स्थानीयहरु संग भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्की, प्रदेश सभा सदस्य कृष्ण कुस्मा थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वली, त्यसै गरी लक्ष्मी चौधरी प्रदेश कमिटी सदस्य अम्मर कवंर, शिखर खड्का, मिश्रीलाल गुप्ता लगायतको सहभागिता रहेको थियो।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६