खोज–अनुसन्धान

युवाहरुले सरकारसगँ मागेका नै के थिए र ? हत्या हुन पुग्यो : सांसद घिमिरे



 कपिलवस्तु १४ पुस ।एमाले  पाेलिटब्युराे  पोलित्ब्युरो सदस्य रास्टूिय सभा सांसद  बिमला घिमिरेले युवाहरुले सरकारसगँ मागेका नै के थिए र ? गोली खाएर मर्नु पर्यो? भन्दै सरकारलाई प्रश्न गर्नु भएकोछ । सांसद घिमिरे विदेशीनु कुनै नेपालीको रहर नभइ वाध्यता हो ।परिवारको भविष्य हत्केलामा राखेर विदेशीन वाध्य भएका युवाहरुको सरकारको दमनका कारण मृत्युको मुखमा पुग्नु पर्दा त्यो परिवार  कति विच्छिप्त हुन पुग्यो अनुमान पनि गर्न सकिँदैन भन्नु भएको  छ ।उहाले सामाजिक  माध्यममा आफ्नो बिचार राख्दै यस्तो प्रश्न गर्नु भएको  हो ।।युवाहरुले सरकार सगँ मागेका नै के थिए ररु मात्र विदेश गएर भए पनि आफ्नो परिवारको भविष्य वनाउनु छ ,यहि वातावरण वनाइदेउ सरकार ! अर्थात कोरिया जानको लागि परिक्षामा सामेल हुन पाउनु पर्ने माग गरेका थिए ।यहि मागको समयमै सवोंधन सरकारले  गरेको भए सायद नत  मन्त्रिको गाडि जल्ने थियो नत युवाहरुले ज्यान गुमाउनु पर्ने थियो ।दुवै घटना दुखद हुन उहाले लेख्नु भएको छ  ।यसको सत्यतथ्य छानविन गरि दोसिलाइ कार्वाहि गर्न सरकारले सक्नु पर्छ । यसमा पनि राजनितिक दाउपेच नहोस भन्नु भएको छ । मृतक डोटिका विरेन्द्र शाह र दैलेखका सुजन रावत प्रति हार्दिक श्रदान्जलि तथा परिवार जनमा गहिरो समवेना  व्यक्त गर्दछु भन्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ  ।साथै मृतकका परिवारलाइ क्षतिपुर्ति सहित घाइतेहरुको निशुल्क र सिघ्र उपचारको व्यवस्था मिलाउन सरकार सग माग गर्नु भएको छ ।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६