खोज–अनुसन्धान

लोसपाको लुम्बिनी सम्मेलनमा विवाद : प्रहरी परिचालन



रुपन्देही१४ पुस । लोसपा लुम्बिनीको पहिलो प्रदेश सम्मेलनमा आफूलाई अन्याय गरेको भन्दै केन्द्रीय सदस्यले विरोध गरेका छन् ।सम्मेलनमा बोल्न नपाएको भन्दै लोसपाका केन्द्रीय सदस्य महेन्द्र गुप्ता ९प्रशान्त०ले विरोध जनाएपछि एकछिन कार्यक्रम नै रोकिएको थियो । गुप्ताले पार्टीलाई आवश्यक परेको बेला संघर्ष गरेको, जेलनेल गएको तर अहिले अरुको हालीमुहाली भएको भन्दै विरोध गरेका थिए ।मन्चमै बसेका गुप्ताले सुरुमा मन्चमा उठेर बिरोध जनाएपछि मुखमा पट्टि बाँधेका उनलाई पार्टीका नेताहरुले बस्न आग्रह गरेका थिए । प्रदेश सभा सदस्य कन्हैया बनिया, गणेश पाल लगायतका नेताहरुले उनलाइ बस्न आग्रह गरे पनि गुप्ताले मानेनन् । लोकतन्त्रमा बिरोध गर्न पाउनुपर्ने बताउँदै नबसेपछि केही बेर कार्यक्रममा तनाव भएको थियो ।

पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दै गर्दा भएको बिवादका कारण मन्चमै प्रहरी पुगेको थियो । यसै क्रममा आयोजक एवम केन्द्रीय सदस्यबीच चर्काचर्की समेत भएको थियो ।कार्यक्रममै भएको विवादले प्रमुख अतिथि रहेका लोसपाका केन्द्रीय वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले कार्यक्रम बिथोल्न भएको प्रयास भएको बताए । उनले पहिलेदेखि नै कार्यक्रम हुन नदिने प्रयास भैरहेको बताउँदै कार्यकर्तालाई बिखण्डनकारीसंग सावधान रहन आग्रह गरे । तर उनले विरोध गरेका गुप्ताको नाम लिएनन् ।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६