खोज–अनुसन्धान

सरकारी गाडी चढ्न डराए पर्यटनमन्त्री किराती : निजी गाडीमा सुरक्षाकर्मी सहित सवारी




काठमाडौं १५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारी गाडी प्रयोग गर्न छाडेका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि पर्यटनमन्त्री किरातीले पनि सरकारी गाडी चढ्न छाडेका हुन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण व्यापक विवादमा आएका पर्यटनमन्त्री किरातीले अहिले सरक्षाकर्मी थपेर निजी गाडी प्रयोग गरिरहेका छन् ।शुक्रबार मन्त्री ज्वालाको गाडीमा आगजनी हुनुभन्दा अघिदेखि नै मन्त्री किरातीको सरकारी गाडी भने सिंहदरबारको ग्यारेजमा थन्किरहेको छ । ‘इसाई धर्म नमान्नेलाई जेल हाल्ने’ धम्की दिएपछि विवादमा तानिएयता नै उनको सरकारी गाडी ग्यारेजमै थन्किएको हो ।१० दिनअघि एउटा धार्मिक समूहको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले इसाई धर्म र संविधानको चर्चा गर्दै बोलेको कुरालाई इङ्गित गरेर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले आफूलाई ‘जेल हाल्न’ चुनौती दिएका थिए ।

‘क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी’ भएको र संविधान नमान्नेहरू ‘देशद्रोही’ भएको भन्दै उनीहरूलाई ‘जेल हाल्नुपर्ने’ अभिव्यक्तिपछि उनको चर्को आलोचना भइरहेको छ ।त्यसपछि उनी सार्वजनिक रूपमा कमै देखिएका छन् । केही पूर्वनिधारित कार्यक्रममा उनी गएका छैनन्भ ने केही बोलाइएकै ठाउँमा उनलाई नआउन भनिएको छ । पर्यटनमन्त्री किराती जानैपर्ने केही कार्यक्रममा पनि निजी गाडी लिएर गइरहेका छन् ।मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण सर्वत्र आलोचित, बर्खास्तीको माग १

आइतबार उनी २ वटा सार्वजनिक कार्यक्रममा देखिए । दुवै कार्यक्रममा किराती निजी गाडीमै पिएसओसहित गए । उनी नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सिनामंंगलमा बिहान करिब ९ बजे पुगेका थिए ।नेपाल पर्यटन बोर्डको २५ औँ वार्षिकोत्सव समारोहमा पनि उनी करिब २ बजे भृकृटी मन्डपमा निजी गाडीमै गए । चौतर्फी आलोचित भएपछि मन्त्री किरातीको सुरक्षामा केही प्रहरीहरू थप गरिएको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘‘केही दिनयता मन्त्रीज्यू अफिसको सरकारी गाडी चढ्नुभएको छैन । मन्त्रालयको इन्धन प्रयोग गर्ने गरी उहाँले गाडी भने आफैँले म्यानेज गर्नुभएको छ ।’’गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘‘मन्त्रीज्यूको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर उहाँको सुरक्षामा केही प्रहरी थप गरिएको छ ।’’

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६