ब्रेकिंग न्युज

रवि लामिछानेले दिए कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा



काठमाडौं , १७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उनी अदालत गएका हुन् ।

रविले काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको छ ।

फिरादपत्रमा रविले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पुर्याउने कुशिष मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख छ ।

मिति २०८० – ०९ – ०९ देखि २०८०/०९/ १३ सम्म कान्तिपुर र इकान्तिपुरले आफूलाई जोडेर प्रकाशित गरेका समाचारहरु झूटो रहेको रविले दाबी गरेका छन् । प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ ।

रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै समाचारमा आएका सहकारीको आफू सञ्चालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको बताएका छन् ।

‘मैले ती सहकारीहरुमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानूनी परामर्शमा छु’, उनले भनेका छन् । आफू लोकतन्त्रको बलियो आधारमध्येको एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने उनको भनाइ छ ।

रविले स्टाटसमा भनेका छन्, ‘सहकारी पिडितहरुको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन, यो मेरो वचन भो ।’

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६