देश

नेकपा एसले चुनाव हारेका र समानुपातिकमा नाम भएकालाई राष्ट्रियसभामा नउठाउने



काठमाडौँ, १७ पौष ।

नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको मापदण्ड बनाउने भएको छ । यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम राखेकाहरु नै अहिले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न दौडधुपमा लागेपछि सो पार्टीले मापदण्ड बनाउन लागेको हो ।

‘उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्छ’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउनुहुँदैन भन्ने मेरो स्पष्ट मत छ ।’

उनले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाए पार्टी नबन्ने भन्दै पार्टी बैठकमै कुरा राखेको बताए । ‘मैले यो कुरा पार्टी बैठकमै कुरा राखेको छु । तर निर्णय भैसकेको छैन । उम्मेदवारी दर्ताअघि निश्चित मापदण्ड बनाउँछौ’, पाण्डेको भनाइ छ ।

फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ । कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।

यदि एकीकृत समाजवादीको प्रस्ताव गठबन्धनले स्वीकारेमा १९ मध्ये चार सिट उसको पक्का हुनेछ । सत्ता गठबन्धनले राष्ट्रियसभामा पनि गठबन्धन गर्ने जनाए पनि भागबन्डा मिलिसकेको छैन । खासगरी आ–आफ्ना पार्टीका यथावत् राखेर एमालेले जितेका ८ स्थानमा गठबन्धनभित्र कसले कति सिट लिने भन्ने निर्क्योल भैसकेको छैन ।

त्यसका लागि गठबन्धनको बैठक चाँडै बसेर भागबन्डा गर्ने तयारी छ । एकीकृत समाजवादीमा राष्ट्रियसभामा जान पदाधिकारीहरू नै मरिहत्ते गरेका छन् । राष्ट्रियसभा सदस्य बन्न उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालदेखि उपमहासचिव गङ्गालाल तुलाधरसम्म इच्छुक देखिएका छन् ।

महासचिव भुसाल रुपन्देहीमा निर्वाचन लडेका हुन् भने हमाल र तुलाधर समानुपातिक सूचीमा परेका थिए । एकीकृत समाजवादीले समानुपातिक सूचीमा रहेका १०२ जनाको नाम बन्द सूचीबाट हटाउन निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६