खोज–अनुसन्धान

गाउँपालिकामा भएको अनियमितता र भ्रष्टाचार विरुद्ध प्रवक्ता र वडा अध्यक्ष आन्दोलित



प्युठान १८ पुस ।माण्डवी गाउँपालिकामा भएको अनियमितता र भ्रष्टाचार विरुद्ध प्रवक्ता र वडा अध्यक्ष विरोधमा उत्रिएका छन । प्यूठानको माण्डवी गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सोही गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्षले वक्तब्य प्रकाशित गरेका छन् । पटक पटक पालिका अध्यक्षलाई जनताप्रति उत्तरदायी भइ काम गर्न सुझाब दिदा पनि अटेरी गर्ने, कमिशनको खेलमा लाग्ने र पालिका सदस्यहरूलाई नै पन्छाएर बैठक गर्न लागेपछि बाध्य भएर प्रेस वक्तब्य मार्फत् जनतालाई यथार्थ जानकारी गराउन वक्तब्य निकाल्नु परेको वक्तब्यमा उल्लेख छ ।माण्डबी गाउँपालिका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्ष बाम बहादुर बुढामगरले २०८० पौष १६ मा प्रकाशित वक्तब्यको पूर्ण पाठ यसप्रकार छ स्

“जनताका स्थानीय स्तरका मुद्दालाई जनताको पक्षमा लागू गर्ने प्रयास गर्ने र खराव काम र प्रवृत्तिको जनताको साथबाट भण्डाफोर र संघर्ष गर्ने प्रण गर्दै गत स्थानीय चुनावमा हामी जनप्रतिनिधिहरु सहभागी भएका हौं। स्थानीय सरकारको राम्रो कामको खुलेर प्रसंसा गरेका छौ र भविष्यमा गर्ने पनि छौ साथै खराव कामको डटेर संघर्ष पनि गरेका छौं र भविष्यमा पनि गर्ने छौ। हामीले त्यही नीति अनुरूप हालै माण्डवी गाउँपालिकामा देखा परेको स्वेच्छाचारिता र आर्थिक अनियमितताबारे छलफलद्वारा समाधान गर्ने प्रयास असफल भए पछि हामी सार्वजनिक रुपमा यो वक्तव्य जारी गर्न बाध्य भएका छौ।

१. माण्डवी गाउँ पालिकाको २०८० पौष १३ गतेको बैठकमा गाउँ पालिकामा सुशासनको सवालमा लामो समय सम्म उठेको विषयलाई प्रस्ताव बनाएर जाने विषयमा छलफल हुदा अध्यक्षले बैठक नै स्थगित गरेर हिडे पछि बैठक स्थगित भयो। तर पछि उहाले हामीलाई सुचना नै न गरी गोप्य रूपमा केही निर्णय गरेको जानकारी भयो। बैठक स्थगित भएपछि पुनः सुचना नगरी गोप्य रूपमा बैठक गर्नु स्थानीय सरकार संचालन ऐन २०७४ अनुरूप न भएकाले हामीले यस प्रकारको प्रवृत्तिमा हाम्रो आपत्ति रहेको छ र त्यो बैठक उक्त ऐन अनुरूप न भएको हाम्रो ठहर छ ।

२. २०८०र०५र२१ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय प्रमुखको विचमा भएको किचलोको बिषयमा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले स्पष्ट रूपमा आफ्नो प्रतिवेदनमा “साठी हजार” शिक्षा शाखा प्रमुख तुलसी कार्कीलाई कमिसन बापतको रकम दिएर “मनाउन खोजेको”, “सामाग्री खरिद गर्दा ३० प्रतिशत कमिसन आउने” खुलासा भएको, “यो विषय प्रमुख प्रशासकीय अधिकृतका बिचमा भएको” भनेर स्पष्ट उल्लेख गरिएको छ। उक्त प्रतिवेदनले “गाउँ पालिका कै बदनाम” भएको निष्कर्ष निकालेको छ। उक्त प्रतिवेदनमाथि गाउँ कार्यपालिकाको बैठकमा छलफल गर्न लामो समय देखि अनुरोध गर्दा, गाउँ पालिकाको गठबन्धन दलहरूको बिचमा पटकपटक छलफल र केही निर्णय समेत हुदा गाउँ पालिकाको मुख्य नेतृत्वबाट आलटाल गर्ने काम भयो। २०८० पौष १३ गते त्यो प्रस्तावलाई बैठकमा प्रस्ताव बनाएर छलफल गर्न खोज्दा बैठक नै स्थगित गर्ने काम गरियो ।

३ .माण्डवी गाउँ पालिका वडा नं ५ रम्दीमा सञ्चालित स्वर्गद्वारी एग्रीगेटलाई गाउँ कार्यपालिकाको मिति २०८० श्रावण २१ गतेको निर्णय अनुसार दर्ता प्रमाणपत्र सहित आवश्यक कागजात माग गरिएकोमा प्राप्त कागजात र अन्य कागजात बमोजिम उक्त एग्रीगेटले सञ्चालन गरेको कारोवारमा दर्ता बमोजिम भए न भएको सम्बन्धमा उपाध्यक्ष पुर्ण प्रशाद कालाथोकीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले लामो समयसम्म प्रतिवेदन नल्याए पछि उक्त एग्रीगेटले गाँउ पालिकामा पेस गरेको फाईल “गाउँ पालिकाको कार्यालयमा न भेटिएको र कता गयो थाहा न भएकोले छानविनको प्रक्रिया अगाडि बढाउन सकिएन भन्ने गैरजिम्मेवार तर्क राख्नु भयो। र कार्यापालिकाको निर्णयलाई निकम्मा गराउने काम भयो ।

४. आर्थिक वर्ष २०७९र८० मा पाठ्यक्रम निर्माण र छपाईका लागि १२ लाख बजेट विनियोजन भएको थियो। तर आज सम्म पनि पाठ्यपुस्तक छपाउने काम गरिएन र माण्डवी गाँउ पालिकाका ३४ सय विद्यार्थीलाई पुस्तक विना नै परिक्षा दिन बाध्य पारिएको छ ।

५. २०७९ असोज महिनामा आएको विनाशकारी बर्षाले पालिकाको विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षति र ठूलो जन धन को नोक्सानी भएको थियो। उक्त घटनामा विस्थापित परिवार, मानवीय क्षति भएको परिवार र प्रभावित परिवारको लागि गाउँ पलिकामा रहेको झण्डै ६० लाख बराबरको रकमको सदुपयोग भएको छैन। संघ र प्रदेश सरकारले वास्ता न गरेपनि गाउँ पलिकावाट भए पनि उक्त रकम संबधित क्षेत्रमा जाने विषयमा आनाकानी गरियो ।

६. पालिका स्तरको खेलकुद विकास समिति निर्माण गर्न पौष १(१५ गते सम्म वडा स्तरको सकेर पालिका स्तरसम्म पनि गरिसक्ने ६ निर्णय भएको पनि कार्यान्वयन गरिएन र पौष २४,२५,र २६ गते राष्ट्रपति रनिङ शिल्ड २०८० सञ्चालन गर्ने निर्णय हामी कार्य पालीकाका केही सदस्यहरूलाई समेत बैठकको जानकारी नगराई गराउने काम भयो । यसप्रकारका कामले के माण्डवी गाउँ पालिकालाई ठीक ठाउँमा लैजान सकिएला रु प्रमुख नेतृत्वले ५१ प्रतिशत अधिकार आफू संग रहेको दम्भ देखाउनुले आफू चरम व्यक्तिवादी बन्न खोजेको र निरंकुश बन्न खोजेको देखिन्छ। पालिकामा रहेको बजेटलाई सही ढंगले सदुपयोग गर्नुपर्ने, पालिकालाई भ्रष्टाचार र आर्थिक अनियमितताबाट मुक्त गर्नुपर्ने सबै जनप्रतिनिधिहरुको दायित्व हो ।

तर त्यसो भैरहेको नदेख्दा र केही व्यक्तिहरुको मात्र मिलिमतोमा पालिकाभित्र उत्पन्न समस्यालाई ऐन कानुन विपरीत गएर टुंग्याउन खोज्नु जनप्रतिनिधिको आचरणभित्र पर्दैन। त्यसैले हामी निम्न लिखित सदस्यहरु बाध्य भएर पालिकाभित्रको समस्यालाई जनतासमक्ष पुऱ्याउने हाम्रो दायित्व ठानेका छौं। जनताले यसको फैसला गर्ने छन् । साथै माण्डवी गाउँ पालिका भित्र देखिएको यो प्रकारको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय लगायत सम्पूर्ण सरोकारवाला पक्षको ध्यानाकर्षण होस् भन्ने पनि चाहान्छौ ।”

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६