बुटवल,१८ पुस । गुल्मीमा पार्किङमा राखेको टेक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन राखिदिएपछि टेक्टर बिग्रिएर टेक्टर धनीले ठूलो क्षति ब्यहोर्नुपरेको छ । रुरु क्षेत्र गाउपालिका वडा नंं ४ चौतारामा पार्किङमा राखेको लु ४ त ५५७ नम्बरको टेक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन खन्याइदिएपछि टेक्टर स्टार्ट नहुने भएको टेक्टरधनी माधव खड्काले बताए ।
टेक्टर स्टार्ट नभएपछि राजेन्द्र श्रेष्ठको ट्रकमा राखेर बुटवल मैनाबगर अटो भिलेजस्थित देवसिद्ध अटोमोबाइल्स प्रालिमा ल्याएर चेकजांच गर्दा कसैले डिजल टंकीको ढक्कन खोलेर कम्तीमा एक पोका नुन खन्यादिएको पाइएको खड्काले बताए । देवसिद्ध अटोमाबाइल्स प्रालिका सञ्चालक कमल अर्यालले नुनले टेक्टरको डिजल टंकीमा ठूलो क्षति पुराएको र पुरानै अवस्थामा ल्याउन करिब डेढलाख रुपैयां लाग्ने बताए । ट्रकमा राखेर ल्याउंदा पनि हजारौं खर्च भएको खड्काले बताए ।योजनावद्ध ढंगले गरीखाने साधन बिगारिदिने घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी कानून वमोजिम कारवाही गरी न्याय दिन खड्काले छानवीनको माग गर्दै प्रहरीमा निवेदन दिने बताए । आगामी दिनमा यस्तो बद्मासी र आपराधिक काम कसैलाई गर्न नदिन प्रहरीले दोषीलाई पत्ता लगाई कारवाही गर्नेमा आशावादी रहेको खड्काले बताए ।
प्रतिक्रिया